कोसी प्रदेश सरकार गठनको विषयलाई लिएर परेको रिटमाथि सर्वोच्च अदालतमा आज बाट बहस सुरु गर्ने भएको छ ।

कोसी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलास ले दिएको निर्देशन अनुसार आजदेखि सर्वोच्च अदालतमा बहस सुरु हुन लागेको हो ।मुख्यमन्त्री  उद्वव थापा नेतृत्वको सरकार असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री तथा एमाले कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले रिट दायर गरेका थिए ।

आज (आइतबार) बाट दुवै पक्षले आ–आफ्नो तर्फबाट तर्क राख्दै बहस गर्नेछन् ।