चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा  ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।  नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते छिमेकी मित्र रास्ट्र जन गणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य युआन च्या नेपाल आउन लागेकाहुन् । च्या २५ सदस्यीय टोलीसहित महत्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउँदैछन ।  च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकीछिन । चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकीछन् । 362957332_966750441319656_5028403046149190358_n

शनिवार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको। तालिका मिलाइरहेकीछिन् । च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटघाट गर्ने बताइएको छ ।  नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ । 

नेपालमा भारत र अमेरिकी नेताहरुको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरुको नेपाल आउनेक्रम पनि बढेको छ ।