प्रविधीको बिकाससँगै दैनीक उपयोग गरीने साधन देखी लीएर सेवाहरु पनी डिजीटलाइज हुदै गएका छन ।

सरकारी कार्यलय देखी लीएर अस्पताल सम्मले डीजीटल प्रविधीमार्फत सेवा प्रवाह गर्ने गरेका छन । दक्षिण एसीयाकै उत्कृष्ट अस्पतालको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनी सेवाहरुलाई डिजिटलाइज बनाउँदै लगेको हो । ठाउँ ठाउँमा राखीएका डिजिटल बोर्डमार्फत चिकित्सक बस्ने दीन, प्रतिष्ठानमा उपलब्ध सेवाहरु देखी लीएर जनचेतनामूलक सन्देशहरु प्राप्त गर्न सहज भएको छ  । गम्भीर प्रकृतिका विरामीलाई उपचार गरीने आकष्मिक कक्षमा दैनिक २ देखि ३ हजार विरामी आउने गरेका छन । यहाँ राखिएको डिजिटल बोर्डले विरामी तथा विरामीको आफन्तलाई जानकारी लिन सहज भएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि भट्टराई बताउँछन । पछिल्लो समय अनलाइन टिकट सिस्टम, घरमै बसी बसी ल्याबको रिपोर्ट हेर्न सकिने, विभिन्न स्थानमा राखिएका सूचनाका कुराहरुले विरामी तथा विरामीका आफन्तलाई जानकारी दिन सहज भएको उनको भनाई छ ।

स्वास्थ्य क्षेत्रमा डिजिटल सेवा प्रदान गर्दा स्वास्थ्य सेवाको प्रभावकारिता, स्वास्थ्य क्षेत्रमा  विरामीको प्रभावकारी उपचार हुने बताउनुभयो । उहाँले सेवा प्रभावकारितामात्र हैन डिजिटल हेल्थले समय र खर्च पनि घटाउँने प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादको भनाइ छ ।

समयको मामग अनुरुप सेवा प्रवाहमा प्रविधीको प्रयोग गरी सेवालाइ डीजीटलाइज गरीदै आएको छ ।