बिरामीको चापले विराटनगर स्थित कोशी अस्पतालको आकस्मिक कक्ष अहिले भरिभराउ भए पछि बिरामीलाई बेडको  अभावभएको छ । गर्मी बढे संगै अस्पतालमा सर्पले टोकेका साथै गर्मीका विरामीको चाप बढेको छ । अस्पतालको आकस्मिक कक्षमा दैनिक ४ देखी ५ जना सर्पले टोकेका विरामी आउने गरेको अस्पतालले जनाएको छ । सो अस्पतालमा दैनिक जसो ज्वरो,डायरीयाका विरामीहरु उपचारमा आउने गरेका छन् भने,४० शैयाको आकस्मिक कक्षमा दैनिक २ सय भन्दा बढी विरामी आउने गरेका छन् । पछिल्लो ५ महिनाको अवधिमा आकस्मिक कक्षमा १ सय जना सर्पले टोकेका विरामी आएको सो अस्पतालका मेसु डां चन्द्रभाल झाले बताए ।

यसै गरी  ज्वरो, डायरीया , वान्ता लगायतका विरामीहरु दैनिक १५ सय भन्दाबढी उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा बालबालिका, वृद्धवृद्धाहरु अधिकांश बिरामी भएर भर्ना भएका छन् । चिकित्सकहरुले सर्पको टोकाई बाट बच्न अध्यारोमा नहिड्न साथै टर्च लिएर हिड्न र दुलोहरु टाल्न सुझाव दिएका छन् भने सर्पले टोकी हाले तुरुन्त अस्पताल आउन आग्रह गरेका छन् । गर्मीको मौसम भएकाले यो समयमा भाईरल ज्वरौ, टाईफाईट, रुघा खोकी, मलेरिया हुनसक्ने भएकाले सर्वसाधारणले सत्रकता अपनाउन झोलिलो कुरा खान र पानी पिउन सुझाव समेत दिइएको छ ।