राष्ट्रिय स्वतन्त्र पार्र्टीका प्रवक्ता एवम् महामंन्त्री डा.मुकुल ढकालले नेपाली सेनाको संख्या घटाउनुपर्ने भन्ने अभिव्यक्ति आफ्नो पार्टीबाट कसैले नदिएको बताएका छन् । विहिवार विराटनगरमा पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री ढकालले  आफ्नो पार्टी साथै डा.स्वर्णीम वाग्लेले पनि नेपाली सेनाको संख्या घटाउने अभिव्यक्ति नदिएको धारणा राखे । उनले पार्र्टीलार्ई बद्नाम गराउने उधेश्यले स्वणिर्म वाग्लेको भनाईलाई तोडमरोड गरेर गलत अफवाह फैलाइएको आरोप लगाए । महामन्त्री ढकालले नेपाली सेनालाई आधुनिकिकरण र साधन स्रोत सम्पन्न बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा रहेको प्रष्ट पारे । 

उनले राजनीतिलाई अपराधिकरण र अपराधलाई राजनीतिकरण गर्ने गरी ल्याइएको केही नेपाल ऐन संसोधन विधेयकको विरोधमा सडक देखि सदन सम्म विरोध कार्यक्रम गरिने बताए । महामंत्री ढकालले सरकारले ल्याएको राजनैतिक दलका कार्यकर्तालाई माफी दिन सक्ने विधेयक पारित गर्न नदिने जानकारी दिए ।