वराहक्षेत्र नगरपालिका केही वडामा डेङ्गीं रोगका बिरामी देखापर्न थालेपछि डेङगीको प्रकोप रोकथामका लागि ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोयर्ड अभियान सुरु गरेको छ ।

बिहिबार बिहान ११ वटै वडाका स्वस्थ्यकर्मीहरुसंग अन्तरक्रिया गरेको गरेर नगरपालिकाले दिउसोदेखि ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय  सहित सचेतनाको अभियान सुरु गरेको हो । स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक उमेश मेहेताका अनुसार ‘सर्च एण्ड डिस्ट्रोय’ कार्य डेङीं नियन्त्रणको उत्तम उपाय भएकोले अभियान सुरु गरिएको जनाए। सबै वडालाई अभियान सुरु गर्न परिपत्र गरेर ‘सर्च एण्ड डिस्ट्रोय थालिएको नगर प्रमुख रमेश कार्कीले बताए । डेङीं नियन्त्रणको लागि प्रभावकारी उपाय लार्भाको वासस्थान खोजी र नष्ट गर्ने र लामखुटे नष्ट गर्ने बिषादि समेत छर्ने काम भईरहेको नगर प्रमुख कार्कीको भनाई छ । नगरपालिकाले डेङ्गीुं रोगको परिक्षण वराहक्षेत्र नगर अस्पताल मार्फत निशुल्क गर्ने गरेको छ । वराहक्षेत्र नगरपालिकामा डेंगीं रोगका बिरामिहरु फेलापरिरहेको र हाल केही बिरामिहरु अस्पतालमा उपचारारत रहेका छन् ।

तिब्र रुपमा बढि रहेको बिरामिको चाप र आवश्यक्तालाई मध्यनजर गर्दै नगर अस्पतालले नगर भित्रका बिरामि बिशेषगरी अती बिपन्न तथा गरिब , श्रमिक , मजदुरलाई , पहिलो प्रथामिकता राखि आवश्यक  बिरामिहरुलाई डेंगीं परीक्षण निशुल्क गर्न थालेको छ ।