सर्पले टोकेका विरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन सामुदायिक सर्पदंश उपाचार केन्द्र इटहरीले जनचेतना मुलक अभियान सञ्चालन गर्दै आएको छ ।

यही क्रममा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकासपुरमा जनचेतना कार्यक्रम आयोजना गरियो । गर्मीयाममा सर्पको बिगबिगी हुने र सर्पले टोकेका विरामीको संख्या समेत बढी हुने तथा यदाकदा घरेलु उपचार, झारफुक गर्ने कार्यले मानिसहरुको मृत्यु भई रहेको तर्फ मध्यनजर गर्दै जनचेतना अभियान सञ्चालन गरिएको हो  । गर्मीको समयमा र वर्षायाममा पानी जमिनको सतहमा जम्न थालेपछि सर्पहरु वाहिर आउने र मानिसहरुलाई टोक्ने क्रमपनि बढी हुने गरेको तर्फ मध्यनजर गर्दै सर्पको टोकाईबाट बच्ने सर्पले टोकिहाले प्राथमिक उपचार के गर्ने , सर्पदंश उपचार सेवा केन्द्रमा लैजानु पर्ने लगायतका सर्पदंश सम्वन्धी विभिन्न विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापकद्धय सरिता खतिवडा र दिक्षा पौडेलले सहजिकरण गरेका थिए । सर्पदंशका विषय केन्द्रीत भएर जनचेतना अभिवृद्धि कार्यक्रम गरिएको सहजकर्ता दिक्षा पौडेलले वताइन । 

त्यसै गरी अर्की सहजकर्ता सरिता खतिवडाले यस वडामा सर्प प्रभावित मानिस धेरै इटहरी सर्पदंश उपचार केन्द्रमा जाने गरेका छन त्यसैले मानिसहरुको ज्यान जोखिममा नपरोस भनेर प्राथमिकता उपचार सहित सचेतना गरिएको वताइन ।बाबुराम कार्कीको संयोजकत्व तथा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० र नारी सृजना कुञ्ज नेपालको सह आयोजना रहेको सर्पदंश सम्वन्धी जनचेतना कार्यक्रममा वडाध्यक्ष तेज गुरुगंले वडावासीलाई सर्पदंशको उपचार आवश्यक परेको खण्डमा वडाले समन्वय गरेर सहयोग गर्ने समेत जानकारी गराए । सर्पदंशका विरामीको उपचारका लागि पुर्व तयारी अवस्थामा सामुदायिक सर्पदंश उपचार केन्द्र रहेको वताउदै केन्द्रका  अध्यक्ष दिवस पोखरेलले सर्पले टोकेका विरामीहरुलाई घरेलु उपचार गर्ने तथा झारफुक गराउने कार्यले पनि कतिपय विरामीको मृत्यु भएको पाइएकाले सर्पदंशको मात्र उपचार हुने केन्द्रमा लैजानु पर्नेमा जोड दिए ।

नेपाली सेनाको सहयोगमा २०६९साल देखि सामुदायिक स्तरमा सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रबाट धेरैले उपचार  सेवा लिएका छन । सामुदायिक सर्पदंश केन्द्र इटहरीमा सुनसरी ,मोरगं ,उपयपुर  लगायत पुर्वी नेपालका पहाडी जिल्लाहरु साथै छिमेकी मुलुक भारतबाट समेत सर्पदंशका विरामीहरु उपचारका लागि आउने गरेका छन ।