वर्षायाम सुरु भएसंगै फैलिरहेको डेगुं नियन्त्रणका लागि वराहक्षेत्र नगरपालिकाले लामखुटटे नष्ट गर्ने कार्य सुरु गरेको छ । एडिज एजिप्टाई जातको लाम खुट्टेले फैलाउने डेगुं नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्न विषादी  स्प्रे गर्न थालेको हो ।

विभिन्न जिल्ला तथा छिमेकी पालिका धरानमा संक्रमितहरु बढी रहेको तथा वराहक्षेत्रमा समेत डेङगु सङ्क्रमित फेला परे पछि नगर प्रमुख रमेश कार्की डेङगु नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्न विषादी स्प्रे गर्ने कार्यमा आफै सक्रिय भएर लागेका छन । डेगुंको जोखिमलाई मध्यनजर गर्दै विषादी स्प्रे गर्ने काम सुरु गरिएको नगरप्रमुख कार्कीले जानकारी दिए । उनले जोखिमका आधारमा विषादी स्प्रे गरिने समेत जानकारी दिए । वडा नम्बर  १ को औलिया मठ तथा बजार क्षेत्र लगायतका क्षेत्रमा बिषादी स्प्रे गरिएको छ । डेगुं फैलन सक्ने जोखिम क्षेत्रमा विषादी स्प्रे गर्ने कार्यलाई वराहक्षेत्र नगरपालिकाले निरन्तरता दिने भएको छ ।

सामुहिक सहभागितामा निर्माण थालिएको सेउती खोला क्षेत्रमा भविष्यमा  पार्क निर्माण गर्ने योजना समेत वनाइएको छ ।