विराटनगर । सामुदायिक विद्यालयहरुका सञ्चालित विद्यालय नर्सिङ कार्यक्रमको कोशी प्रदेश स्तरीय बार्षिक समिक्षा गरिएको छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा विद्यालय नर्सिङ कार्यक्रमको  बार्षिक समीक्षा  सम्पन्न भएको हो ।

   कार्यक्रममा बिद्यालयमा नर्सहरुले गर्दै आएका स्वास्थ्य सेवा साथै स्वास्थ्यका लागि सचेतना कार्यक्रमका विषयमा  छलफल सहित समिक्षा गरियो ।  समिक्षा कार्यक्रममा किसोर किसोरी मैत्री कर्नर, शुद्ध पिउने पानीको व्यावस्था, पोषण सम्बन्धि प्रर्दशनी, पोषण कर्नर निर्माण लगायतका गतिविधि सहितका प्रस्तुतिकरण समावेश गरिएको थियो ।

कोशी प्रदेशमा रहेका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुका हाल  १सय ४५ जना विध्यालय नर्स कार्यरत रहेको छन । समिक्षा गोष्ठिमा उठेका कुराहरुलाई विद्यालय नर्सिङ कार्यक्रम सञ्चालनमा रहेका पालिका तथा विद्यालयहरुसंग समन्वय गरेर समस्या समाधान गर्नु पर्नेमा समेत जोड दिइएको थियो । स्वास्थ्य सचिव सुधा देवकोटाले उद्धघाटन गरेको समिक्षा गोष्ठी उडेका विद्यालयका कार्यरत नर्सहरुका समस्या समाधानका विषयमा समन्वय गरिने स्वास्थ्य निर्देशनालय धनकुटाकी नर्सिङ कार्यक्रम संयोजक अनामिका शर्माले वताइन ।

 विगत चारबर्ष अगाडि देखि नै विध्यालय नर्सको कार्यक्रम कोशी  प्रदेशमा सञ्चालनमा रहदै आएको र विद्यालय नर्सिङ कार्यक्रमले खानेकुरा , खोप, किसोर, किसोरीमा उत्पन्न हुने सक्ने समस्याको ब्यावस्थापन, समस्याबाट जोगिन र नियन्त्रण गर्न विध्यालय नर्स कार्यक्रम प्रभावकारी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाका स्वास्थ्य निर्देशक ज्ञान बहादुर बस्नेतले बताछन । जिल्लाको समीक्षा र प्रदेशस्तरीय समीक्षाले आगामी  दिनमा काम विद्यालयमा कार्यरत नर्सहरुलाई सहज वनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका बिद्यालय नर्स, स्वास्थ्य कार्यालयका प्रमुख लगायतको सहभागीता रहेको थियो ।