नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आवश्कता अनुसार नेपाली कांग्रेस संसदीय दललाई राम्रो संग हाक्न सक्ने बताउँदै आफुलाइ भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छन । शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र संख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तन गरी काङग्रेसको संसदीय दलको नेतृत्व हाँक्न सक्ने क्षमता रहेको दाबी गरेका हुन । उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको धारणा राखे  । उनले नेपालमा निर्वाचन अगाडी गठबन्धन गर्ने सांस्कृतिक संस्कृतिको प्रारम्भ भएको छ यसलाई कांग्रेसको निति महाधिवेशनले ब्रेक लगाउनु पर्ने बताएका छन् । महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्ने जानकारी दिए ।

उनले लामो समयदेखि केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएकोले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित भएको बताए  । महामन्त्री थापाले कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने जनाएका छन ।