प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेपछि सभामुख घिमिरेले उक्त रोगकाबारे सरकारले गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका थिए । 

बैठकमा सांसदहरुले पशु चौपायामा लम्पीस्किन रोग भयाबह बन्दै गएको र किसानहरुलाई ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुले सो रोग नियन्त्रणका लागि गाउँ–गाउँमा प्राविधिक पठाउनुका साथै खोपको प्रबन्ध गर्न माग गरेका थिए ।