झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका(९ स्थितमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचिनगर नगरपालिका( ७ की ४२ बर्षीया रुपा प्रधान ८ ग्राम  ब्राउनसुगर सहित नियन्त्रणमा लिईएको हो ।

यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका(१० का २६ बर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका(३ की २५ बर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम लागुऔषध ब्राउन सुगर  सहित पक्राउ गरेको हो । भने अस्थायी प्रहरी चौकी मंगलबारे मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली(२ का २३ बर्षीय बिजय खवासलाई प्रतिवन्धित  औषधि ट्रमाडोल २९० क्याप्सुल र स्पास्पेन २९० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।