बाह्रौ स्थापना दिवसको अवसरमा संचारकर्र्मी संचार सहकारी संस्था लिमिटेड विराटनगरले चार जना संचारकर्मीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । बुधवार विराटनगरमा आयोजना गरिएको कार्यक्रममा संचारकर्र्मी संचार सहकारी संस्थाले स्थापना गरेको तोरेन्द्र इन्दिरा प्रेस स्वतन्त्रता सम्मान २०८० बाट पत्रकार प्रमोद प्रधानलाई पुरस्कृत गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पत्रकार प्रधानलाई नगद ५१ हजार सहित सम्मान पत्र प्रदान गरेका हुन । पत्रकार प्रमोद प्रधानले अहिलेको पत्रकारीता पहिलेको जस्तो नभएको बताए उनले आफुले लामो समय सम्म पत्रकारीता गरेर आएको र आज यस संस्थाले सम्मान सहित पुरस्कृतगरेकोमा गर्भ रहेको बताए । उनले पत्रकार स्वतन्त्र हुनु पर्ने बताए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले पत्रकारहरुले पार्टीपत्रकारीता गर्नुका सट्टा सत्य तथ्यमा आधारित भएर पत्रकारिता गर्न आग्रह गरेका छन् । 

यसैगरी संचारकर्मी संचार सहकारी संस्थाले स्थापना गरेको ५० हजार राशीको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार पत्रकार नवराज कट्टेललाई, २१ हजार राशीको मेम्बर चन्द्रलाल दुर्गादेवी दाहाल संचार श्रमजीवि पुरस्कार पत्रकार सन्तोष सिग्देललाई र १० हजार राशी मीना श्रेष्ठ परिश्रमी महिला पत्रकारिता प्रोत्साहन पुुरस्कार पत्रकार रंजिता पोखरेललाई प्रदान गरिएको छ ।