भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर बन्दुक पड्काउँदा साथीको मृत्यु गोली लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको हो ।

घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा आइतबार राति उनीहरु प्रहरीले नियन्त्रणमा परेका हुन।

घटना २२ गते रातिको भए पनि मृतकका आफन्तले भने यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए । उजुरी परे लगत्तै आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।