काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाहले आफूलाई अपराधी घोषणा गरेका छन् । एउटा मुद्धामा सर्वोच्च अदालतले तारेख पर्चा थमाएपछि आक्रोषित बन्दै उनले आफैलाई अपराधी भनेका हुन् ।

उनले सर्वोच्च अदालतले आफूलाई दिएको तारिख पर्चा देखाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले आफू तारिखमा जान थालेको बताउँदै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने भारतले प्रधानमन्त्री बनाउँछ भन्ने अभिव्यक्तिमा छुट पाएको बताए ।

उनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू अपराधी भएको तर प्रधानमन्त्रीले छुट पाएको टिप्पणी गरेका छन् ।balen-shsha

बालेनले फेसबुकमा तारेख पर्चा सार्वजनिक गर्दै लेखेका छन्–‘आज एउटा विशेष दिन आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा’, र आजै प्रधानमन्त्रीज्युले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’

उनले आदिपुरुष महानगरपालिकाभित्र चल्न नदिने अडानविरुद्ध परेको मुद्दामा तारिख पाएका हुन् ।