अङगदान गरी सरीरका अङगको आवश्यक परेका व्यक्तीको जीवन सहज बनाउनु मानवीय धर्म हो भन्ने कुरालाइ आत्मसाथ गर्दै जनप्रतीनीधीहरु पनी अंकदानतर्फ आकर्षीत देखीएका छन । कोशी प्रदेशका सभामुख बाबुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा नै गरेका हुन् ।

 शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा शुक्रवार  सम्पन्न ‘मस्तिष्क मृत्यु पश्चताको अंगदान सम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषय अन्तरक्रिया कार्यक्रममा सभामुख गौतम, मेयर कोइरालाले आफ्नो मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने घोषणा गरेका हुन् । कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुधा देवकोटाले पनि मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने घोषणा गरिन् । शुक्रवार मात्र ५४ जनाले मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने मन्जुरीनामा  पत्रमा हस्ताक्षर गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द श्रेष्ठले जानकारी दिए । अहिलेसम्म देशभरिमा ३ हजारले मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने मन्जुरीनामा  पत्रमा हस्ताक्षर गरेको उनले जनाएका छन । मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अङ्ग झिक्न कानुनी व्यवस्था रहेको छ । जसमा दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एक वटा कलेजो, मुटु, प्याङ्क्रियाज, एक सानो आन्द्रा पर्छन्, । ऐनले ८ वटा अङ्ग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरे पनि नेपालमा हाल मिर्गौला र कलेजोको मात्र प्रत्यारोपण हुने गरेको छ ।