इटहरी । अपाङगता भएका व्यक्तिहरुको खेल क्षता अविवृद्धी गर्ने उद्धेश्यले आयोजना गरिएको स्वीमिङ प्रशिक्षण तथा प्रतियोगिता सम्पन्न भएको छ । स्पाइनल इन्जुरी संघको आयोजना तथा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय प्रदेश खेलकुद बिकास बोर्डको आर्थिक सहयोगमा इटहरीको ओसियन पार्कमा आयोजित ५ दिने पौडी प्रशिक्षण सम्पन्न भएको हो । 

शारिरिक रुपमा अपाङगता भएका व्यक्तीहरुको मनोवल उच्च पार्न साथै खेलकुदका गतीविधि प्रती अभ्यस्त गराइ खेलकुदको क्षेत्रमा अपाङगत भएका व्यक्तीहरुको योगदान सुनिश्चित गर्नका निम्ती प्रशिक्षण सहितको प्रतियोगिता आयोजना गरिएको जनाइएको हो । WhatsApp Image 2023-07-07 at 17.43.48

असार १७ गते देखी सुरु भएको ५ दिने प्रशिक्षणमा २५ जना अपाङगता भएका महिला ,पुरुष प्रशिक्षार्थीहरुलाई पारा ओलम्पीक पौडी खेलाडी तथा कोच लक्ष्मी कुवर र धु्रव प्रसाद चौलागाइले प्रशिक्षण दिएका हुन । कार्यक्रममा कोशी प्रदेशका झापा,मोरङ,सुनसरी,उदयपुर,भोजपुर,संखुवासभाका खेलाडीहरुको सहभागीता रहेको थियो ।  विभिन्न ३ विधामा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद,प्रमाणपत्र र सिल्डले पुरस्कृत गरिएको हो । WhatsApp Image 2023-07-07 at 17.43.54

स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेको अध्यक्षता तथा सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशकी सामाजिक बिकास महाशाखा प्रमुख दुर्गा बराल भण्डारीको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा ११ जना पुरुष र ५ जना महिलाको सहभागीता रहेको थियो ।