प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्य मन्त्रीमा नेपाली काग्रेस संसदिय दलका नेता उद्धव थापालाई नियुक्त गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका गठबन्धन दलहरुको तर्फबाट दाबी प्रस्तुत गरे लगतै प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री उद्धब थापाले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्र्मी संग कुरा गर्दै उनले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताए । 

उनले सभामुखले वर्तमान सरकार गठनका क्रममा गरेको हस्ताक्षरको विषयमा आउने दिनमा संविधानको व्याख्यामार्फत प्रष्ट पार्ने बताए । ‘सभामुख लाई विवादमा पार्नु भयो राजिनामा दिनु हुन्छ भनेर सोधेको प्रश्नमा थापाले सभामुखलाई  विवादमा नपारेका जिकिर गरे । उनले सभामुख मात्रै नभएर  प्रदेशसभाको सदस्य पनि भएको र राजिनामा नदिने जवाफ दिए । उनले आफ्ना प्राथमिकता प्रदेशको विकास र समृद्धि रहेको बताए । उनले पहिचानको मुद्दालाई पनि वार्ताको माध्यामबाट वार्ता समिति गठन गरेर सम्बोधन गरिने बताए । थापाले प्रदेशको नाम अहिले परिवर्तन नहुने स्पष्ट पारे । उनले गठबन्धनबीच आलोपालोको कुरा नभएको तर, गठबन्धनले नै समग्र कार्यअवधिभर सरकार चलाउने दाबी गरे । उनले भोली हुने शपथग्रहणको क्रममा मुख्य मन्त्री सहित केही मन्त्रीहरुलाई शपथ गराउने जानकारी दिए ।