प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक बिमोचनको कुरालाई लिएर एमालेले बबण्डर मच्चाउन खोजेको टीप्पणी गरेका छन । बुधबार काठमाडौमा आयोजित पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको प्रशिक्षणमा यस्तो टीप्पणी गरेका हुन । प्रधानमन्त्री दाहालले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाएका छन । उनले बुधबार संसदमा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूचि रहेको तर प्रतिपक्ष दलले विधेयक पास हुन नदिन पुस्तक विमोचनका बेलाको अभिव्यक्तिलाई बहाना बनाएर सदन अवरोध गर्ने कोशिस गरेको बताएका छन । उनले पुस्तक विमोचनका बेला आफूले पुस्तकका पात्र २०७२ सालतिर आफूलाई प्रधानमन्त्री बनाउन कहिले नेपालका राजनीतिक दल र कहिले दिल्ली धाउने प्रितम सिंहले भनेको कुरालाई आफूले बोलेको स्वीकारेका हुन ।

प्रधानमन्त्री दाहालले केही समयभित्रै माओवादीहरुको एकता निश्चित रहेको बताएका छन । उनले समाजवादी मोर्चा पनि पार्टी एकता गर्ने उद्देश्यबाट बनेको बताएका छन । उनले समाजवादी मोर्चालाई देशभर लैजानका लागि बैठक बसेर केही दिनभित्र निर्णय लिने बताएका हुन ।