विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नगरका फोहोर र डुवानको अनुगमन गरेका छन् । मेयर कोइरालाले प्रभातकालीन अनुगमन नाम दिएर हरेक बिहान ६ बजे निस्के र साढे ९ बजे सम्म अनुगमन गर्ने गरेका छन् ।

प्रभातकालीन अनुगमनअन्तर्गत मेयर कोइरालाले बुधबार बिहान विराटनगरका विभिन्न वडाको अनुगमन गरे । सरसफाई शाखा, नगर प्रहरी र सचिवालयको टिमसहित निस्क्ेका मेयर कोइरालाले प्वाल टालिएर पिच सडकमा जमेको पानी खोल्न लगाउनुका साथै जाम भएको नाला खोल्न लगाएका थिए । मेयर कोइरालाले वडा २, ३, ७ र १२ वडाको अनुगमन गरे । पानीको सहज निकासका लागि महानगरले गत माघदेखि नै विराटनगरका नाला सफाई सुरु गरेको थियो । जसका कारण विगतमा भन्दा सडकमा पानी जम्ने समस्या कम भएको स्थानीयको भनाइ छ । मेयर कोइरालाले आन्तरिक सुशासनलाई पनि उच्च प्राथमिकता दिँदै आएका छन् ।nagesh

मेयरले महानगरका महाशाखा र शाखाहरुको आकस्मिक अनुगमनसमेत गर्दै आएका छन् । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा महानगर लागेको छ । त्यस्तै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा समेत महानगरले रोक लगाएको छ । साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको दर्ता र नवीकरण गर्ने निर्णयसमेत गरिसकेको छ ।