सप्तरी। डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा दुवैजनाविरुद्ध नागरिकतासम्बन्धि कसुर्मा मुद्दा  दर्ता भएको हो । उनीहरू विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको सप्तरीका प्रहरी प्रमुख उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानाए।

सोही नगरपालिका– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेसमार्फत मुद्दा दायर गरेका थिए भने उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी गरिएको छ