सुनसरी। धरानमा रहेको अपागं तथा असहाय केन्द्रले एक वर्षको अवधिमा पाँच सय भन्दा वढीलाई विभिन्न किसिमको सहयोग गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर  १९ मान रहेको अपांग तथा असहाय केन्द्रले  विपन्न  तथा अपांगता भएका पाँच सय बढीलाई  खाद्यन सामाग्री निःशुल्क स्वास्थ्य विमा, जीविकोपाजर्नका लागि सिलाई मेसिन उपलव्ध गराएर सहयोग गरेको हो । त्यसैगरी  आर्थिक अवस्था कम्जोर भएका कारण अध्ययन गर्न नसकिरहेकाहरुलाई  छात्रवृत्ति समेत प्रदान गरेको केन्द्रका निर्देशक सुनिल खड्काले जानकारी गराए । सहयोगीहरुको सहयोग जुटाएर विपन्न तथा अपागंता भएकाहरुलाई केन्द्रले सहयोग गर्दै आएको समेत उनले वताए ।

आगंता भएका साथै विपन्नहरुलाई सहयोग गर्ने कार्यमा एक बर्षदेखि निरन्तर रुपमा धरानका समाजसेव  असोक अग्रवालले सहगोग गर्दै आएको समेत जनाइयो । उनले  गरिब, अपाग, वृद्धहरुलाई खाद्यान्न सामाग्रीसहित सिलाइमेसिन, स्वास्थ्य वीमा, औषधि खरिद लगायतमा सहयोग पुर्याउदै आएका छन । केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असार २० गते सम्मे ५ सय जनालाई खाद्यान्न सामाग्री ,  १ सय २० जनाको स्वास्थ्य विमा, सिलाई मेसिन एकल महिला २० जनालाई  सिलाई मेसिन र विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति समेत  प्रदान गरेको केन्द्रको बार्षिक प्रतिवेदनमा समावेश गरिएको छ  ।