पूर्वी नवलपरासीमा गैंडाको माउ बच्चा मारेको अभियोगमा जना पक्राउ परेका छन् गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो को टोलीले पक्राउ गरेको उनीहरुलाई बुधबार चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको हो

दुई गैंडा मारेको आरोपमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका१८ घरमपुर बस्ने कृष्णबहादुर महतो पक्राउ परेका छन भने त्यस्तै खाग किनबेचको आरोपमा सिखाराम थारु होमबहादुर बिक पक्राउ परेका हुन् पक्राउ परेका तीनै जनालाई चितवन राष्ट्रिय निकुञ्जले वुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको उनीहरुबाट बरामद गरेको खाग मारिएको गैंडाको अवस्था आदिको प्राविधिक जाँच पछि खाग सोही गैंडाको भएको पुष्टि भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए यो घटनामा अझै दुई जना फरार रहेको प्रहरीको भनाइ