जनकपुर महोत्तरीमा सामान्य विवादमा गोली चलेर रामगोपालपुर नगरपालिका १ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएकाछन् । गोली लागेर घाइते यादवको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ ।

यादवमाथि दुई राउराण्ड गोली प्रहार  भएको  थियो । कन्चट र दाहिने कुममा गोली लागेका यादवलाई राति नै उपचारका लागि जानकी हेल्थ केयरमा लगिएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीले जानकारी दिए । गोली चलाएको आरोपमा ३८ वर्षीय कौशल मण्डललाई पक्राउ गरिसकेको र मण्डलको साथबाट एक थान पेस्तोल र तीन राउराण्ड गोली बरामद भएको डीएसपी गिरीले बताए । उनका अनुसार थप अनुसन्धान गरिरहेको गोली प्रहार किन गरेको भनेर खुल्न सकेको छैन ।