झापामा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बुधबार बिहान झापाको गौरिगन्ज गाउँपालिकाको वडा नं ६ खजुरगाछी कन्चिरा भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय प्रसदिया सरदारका १५ वर्षीय छोरा विजय सरदारको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरिगन्जले जनाएको छ । 

खेतमा रहेको अवस्थामा चट्याङ पर्दा विजयको मृत्यु भएको हो भने चट्याङ लागेर सोही ठाउँ बस्ने १६ वर्षीय मनिजुर आलम र २० वर्षीय सिकन्दर आलम घाइते भएका छन् । आज बिहान साढे ९ बजे परेको चट्याङले घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घाइतेहरु खतरामुक्त रहेको ईलाका प्रहरीले जानकारी दिएको छ ।।