झापाबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई युवती पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा झरना विक र  सन्ध्या राई रहेका छन्। झिलझिलेबाट  खटिएको  इलाका प्रहरी कार्यालयको टोलीले उनिहरु लाइ नियन्त्रणमा लएिको हो ।

 विकले आफ्नो घरमा ब्राउन सुगर बेच्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। उनको घरभित्र लुकाई राखेको ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो। सोही क्रममा उनकी साथी राई पनि पक्राउ परेको प्रहरीले जनाएको छ। भने,पक्राउ पर्ने झापाको शिवसताक्षी नगरपालिका–९ झरना टोलकी२४ वर्षीया झरना विक र झापाकै कमल गाउँपालिका–३ कि २४ वर्षीया सन्ध्या राई रहेका छन् ।