भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।

भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैवारीमा मृत अवस्थामा भेटिएको छ । खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली गई अनुसन्धान गरिरहेको छ । घटनास्थलमा एउटा दुम्सी मरेको अबस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अबस्थामा मृत फेला पारीएको थीयो थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।