इटहरी । मोर्डन पेन्टाथलोन फेडेरेसनद्धारा कोसी प्रदेशमा पहिलो पटक आयोजना गरेको लेजर रनमा ११ स्वर्ण पदक सहित कोशी प्रदेश प्रथम भएको छ । 

असार १५ र १६ गते इटहरीमा आयोजना भएको लेजर रनमा ११ स्वर्ण,१० रजत र ८ वटा कास्य पदक सहीत कोशी प्रदेश प्रथम भएको हो । 

यस्तै ५ स्वर्ण,५ रजत र ८ कास्य पदक सहित बागमती प्रदेश दोस्रो भएको छ ।  १ स्वर्ण सहित गण्डकी प्रदेशले तेस्रो स्थान हात पार्न सफल भएको हो ।

 प्रतीयोगीतामा पुरुष तर्फ बिमान सिंह तामाङ प्रथम,दिपक कार्की दोस्रो र शैलेन्द्र मान श्रेष्ठ तेस्रो भएका छन भने महिलातर्फ कोशी प्रदेशका शर्मिला लामा र मिना बस्नेत प्रथम र द्धितिय भएका छन भने बागमती प्रदेशकी लाखेमारु तेस्रो भएकी हुन । 357758518_1529500410917055_6036191696051312549_n

प्रदेश खेलकुद बिकास बोर्ड कोशी प्रदेशको सहयोगमा लुम्बिनी प्रदेश बाहेकका ६ वटा प्रदेश बिच पेन्टाथलोन खेलको प्रतिस्पर्धा गराइएको हो । 

५ इभेन्ट्स १ डिसिप्लिन अन्तरगत रनिङ,सुटिङ,स्विमिङ,फेन्सीङ र हर्स राइडिङका खेल समावेस हुनेमा हाललाई रनिङ र सुटिङको लेजर रनमा प्रतिस्पर्धा गराइएको हो । खेलाडीहरुले समान ९ वटा गोल्ड,सिल्भर र ब्रोन्ज मेडल प्राप्त गर्ने गरी प्रतियोगीता आयोजजा गरिएको थियो ।357708244_1280776489475529_4143401768357053390_n

आयोजक मोर्डन पेन्टाथलोन फेडेरेशन सुनसरीका अध्यक्ष रितेश श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिता कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतमले प्रतियोगिताको उद्घाटन गरेका थिए । 357712477_135755406205515_9221599066198648274_nकार्यक्रममा  कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचवि हंशराज वाग्ले, मोर्डन पेन्टाथलोन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोसी प्रदेशसभा सदस्य सपना परियार, नविर्तमान उपसभामुख सरस्वती पोखरेल, महासचिव यादव बस्नेत, गण्डकी अध्यक्ष कविता अर्याल, कोसी प्रदेश अध्यक्ष कमलबहादुर विश्वकर्मा (राकेश) लगायतको सहभागिता रहेको थियो । 357615336_1320150665606011_5259083648805977515_n