इटहरी । इटहरी जेसिजको आयोजनामा जेसिज सप्ताह २०२३ अन्तर्गत भएको मैत्रीपूर्ण फुटसल खेलमा नेपाल प्रेस युनियन सुनसरी शाखाले  उद्योग बाणिज्य संघ इटहरीलाई ४ का विरुद्ध ६ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ  । 

विहिवार इटहरीको पाथिभारा फुटसल खेल मैदानमा भएको खेलमा प्रेस युनियनका राजकुमार श्रेष्ठले खेलको ३ औ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । 

त्यस्तै खेलको छैटौँ मिनेटमा युनियनकै राजकुमारले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उद्योग बाणिज्य संघ इटहरीका खेलाडी सुरेस कार्कीले खेलको ८ औं मिनेटमा गोल गरेका थिए ।

 खेलको ११ औ मिनेटमा युनियनका अर्जुन चौधरीले गोल गर्दै १ का बिरुद्ध ३ गोलले अग्रता दिलाएका थिए ।

त्यसतै पहिलो हापको १३ औ मिनेटमा उधोग बाणिज्य संघका विष्णु डागीले प्रहार गरेको सुट गोलमा परिणत भएको थियो । 

पहिलो हापमा उधोग बाणिज्य संघ लाई २ का विरुद्ध ३ गोल गर्दै अगाडी बडेको युनियन सुनसरीले दोस्रो हापको १७ औ मिनेटमा युनियनका सेभित चौधरीले थप एक गोल गरेका थिए । 357361435_162532093407294_9138276619027418154_n

त्यस्तै खेलको १९ औं मिनेटमा बाणिज्य संघका विष्णु डांगीले अर्को गोल गरेका थिए । उद्योग बाणिज्य संघका खेलाडीहरु खेललाई बराबरी बनाउन कडा मिहिनेतका साथ लागि परेपनि दास्रो हापको २१ औं  मिनेट युनियका राजकुमार श्रेष्ठले थप गोल गरेपछि ३ का विरुद्ध ५ गोलले युनियनले अग्रता पलएको थियो । 

 दास्रो हापकै २५ औं मिनेटमा बाणिज्य संघका विष्णु डांगीले प्रहार गरेको सुट गोलमा परिणत भएको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक खेल भएपनि उद्योग बाणिज्य संघले गोल र्फकाउन नसक्दा प्रेस युनियनका राजकुमार श्रेष्ठले दोस्रो हापको २७ औ मिनेटमा अर्को  गोल गर्दै प्रेस युनियन सुनसरी ४ का विरुद्ध ६ गोल गर्दै विजय भएको हो । 

युनियनका अध्यक्ष ध्रुव ढकालको कप्तानीमा बाबुराम कार्की, कोवितजंग कार्की, राजकुमार श्रेष्ठ, निसान प्रकृति थारु, धिरेन चौधरी, अर्जुन चौधरी, समिर चौधरी र सोभित चौधरीको टिम रहेको थियो । 

उद्योग बाणिज्य संघका अध्यक्ष जीवन पराजुली, विष्णु डांगी, सुरेश कार्की, ढुन्डीराज गुरागाँई, दिलिप पराजुली, राकेश श्रेष्ठ, राजिव घिमिरे, अभिषेक वास्तोला र सिनेट रिजाल रहेको टिम मैदानमा उत्रेको थियो । 

मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन इटहरी वडा नं.६ का अध्यक्ष दिवश पोख्रेलले रेफ्रि लाई फुटवल दिएर खेल सुरु गरिएकोे थियो । इटहरी जेसीजले सप्ताहव्यापी कार्यक्रम असार ९ गतेदेखि दैनिक विभिन्न कार्यक्रम गर्दै मानाईरहेको अध्यक्ष योगेन्द्र पौडेल बताए । उनले भने ‘स्वास्थ्य सिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, धार्मिक हाजिर जवाफ लगायतका कार्यहरु गरेको छ ।’