कोशी प्रदेश माओवादी संसदीय दलको बैठक सकिएको छ ।

बैठकले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको छ । कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् । कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।