इटहरी । डाइलासिस गर्नु पर्ने विरामीहरु मध्यनजर गर्दै रोटरी क्लव अफ इटहरीले इटहरी अस्पताललाई ३ वटा डाईलोसिस मेसिन उपलव्ध गराएको छ ।

     इटहरी अस्पतालमा डाईलोसिस मेशिन नभएका कारण यस क्षेत्रका  विरामीहरु डाईलासिसका लागि बाहिर जानु परिरहेको तर्फ मध्यनजर गर्दै रोटरी क्लव अफ इटहरीले ६७ लाख बराबरको ३ वटा डाइलोसिस मेशिन उपलव्ध गराएको रोटरी क्लव इटहरीका २०२३÷२४का अध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।354061349_801042135035515_230165255951301969_n

   रोटरी क्लव अफ इटहरीले एक कार्यक्रम गरीे डाइलोसिस मेशिन इटहरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कृष्ण मण्डललाई हस्तान्तरण गरिएको हो । 

 हस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु ,राजेश श्रेष्ठ,नरेन्द्र अग्रवाल,लक्ष्मी धिताल,अनिता अधिकारी र सचिव चेतन धमला,कोषाध्यक्ष महेन्द्र कुमार रेग्मी साथै केशव भट्टराई,नटवर राठी,जिवन प्रकाश शेर्मा लगायतको सहभागिता रहेको थियो ।