विराटनगर कोशी अस्पतालको जनरल बेड मङ्गलवार देखी निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सङ्घीय सरकार मातहत रहेको कोशी अस्पतालको ३३० बेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय भएको जनाए ।

कोशी अस्पतालको मंगबलार निरीक्षण गरेपछि सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले कोशी अस्पतालले गरिबका लागि भन्दै जनरल बेड निःशुल्क गरिएको बताए । यसअघि शुल्क लिने गरिएको थियो भने अबदेखि कोही पनि बिरामीले बेडका लागि पैसा नतिर्नुपर्ने र अस्पतालको  जनरल बेड निःशुल्क भएको छ,’ मन्त्री बस्नेतले भने, ‘

मन्त्रीले निर्देशन दिएपछि जलनेरे बेडमा भर्ना भएका बिरामीको मङ्गलवार देखी जनरल बेड निःशुल्क गरिएको कोशी अस्पतालका मेसु डा. रविराज सिंहले जानकारी दिए ।