नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणका अर्का अभियुक्त आशिष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको हो।



जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १२ जना फरार अभियुक्तमध्ये एकजना बुढाथोकीलाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार बुढाथोकीको बैंक खातामा नक्कली शरणार्थी प्रकरणका बिचौलियाले उठाएको रकम जम्मा गरेको भेटिएको छ। यसअघि यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जना जेल चलान भइसकेका छन्। १८ मध्ये टंक गुरुङ र लक्ष्मी महर्जन काठमाडौं अदालतको आदेशमा धरौटीमा छुटिसकेका हुन्।