इटहरी । नेपालमा पनि योगलाई  खेलकुदको रुपमा स्थापित गराउने अभियान  अन्तरगत सञ्चालित प्रथम कोशी प्रदेश स्तरीय योग प्रतियोगिता सम्पन्न भएको छ ।

 नेपाल योग खेलकुद संघको आयोजनामा कोशी प्रदेशमा पहिलो पटक प्रदेश स्तरिय योगको प्रतिस्पर्धा गराइएको हो ।

    पहिलो पटक कोशी प्रदेशमा आयोजना गरिएको योग खेलकुद प्रतियोगितामा विभिन्न उमेर समुहका एक सय २५ जना योग खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।  प्रतियोगितामा १२ वर्ष उमेर देखि १४ वर्ष उमेर समुह , १३ वर्ष देखि १८ वर्ष उमेर समुह १९ वर्ष देखि ३५ वर्ष उमेर समुह ३५ वर्ष देखि ५५ वर्ष उमेर समुह सम्मका योग खेलाडीहरुलाई  एकल प्रतिस्पर्धा गराइएको थियो ।354034912_281841137590639_3632881631480558927_n

 योगका पाँच विभिन्न आसनमा प्रतिस्पर्धा गराएको प्रतियोगिताका प्रत्येक विद्याका  प्रथम , द्धितिय र तृतिय हुने खेलाडीहरुलाई नगद क्रमश ३ हजार २हजार र १ हजार सहित प्रमाण पत्र प्रदान गरियो । नेपाल योग खेलकुद संघका केन्द्रीय अध्यक्ष प्रा.डा.सुर्य वहादुर कार्कीको अध्यक्षता तथा दक्षिण एशियाली योग खेलकुद संघका संरक्षक तथा नेपाल योग तथा प्राकृतिक चिकित्सा संघका केन्द्रिय अध्यक्ष केशव कुमार विष्टको प्रमुख आतिथ्य रहेको थियो । WhatsApp Image 2023-06-24 at 19.22.05 (1)सोही अवसरमा योगका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै श्याम पौडेल,विश्व प्रसाद चौधरी,रिता कार्की  लगायतका ९ जनालाई सम्मान समेत गरेको छ  । यसै विच डा. खगेन्द्र ओलीको अध्यक्षतामा नेपाल योग खेलकुद संघ कोशी प्रदेश समेत गठन गरियो ।

सोही प्रतियोगितामा सहभागहिरुको ईन्खा एकिकृत अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।