इटहरी । नेपालमा पनि योगलाई पनि खेलकुदको रुपमा स्थापित गराउने अभियान सञ्चालन गर्दै आएको नेपाल योग खेलकुद संघको आयोजनामा कोशी प्रदेशमा पहिलो पटक प्रदेश स्तरिय योगको प्रतिस्पर्धा गराइने भएको छ ।

    नेपाल योग खेलकुद संघले यही असार ९ र १० गते इटहरीमा आयोजना गर्न लागेको प्रतियोगिताका विषयमा जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा योगका विभिन्न आसनहरुको प्रतिस्पर्धा गराईने जानकारी दिएको हो ।

   पहिलो पटक कोशी प्रदेशमा आयोजना गर्न लागिएको ऐतिहासिक योग खेलकुद प्रतियोगितामा विभिन्न उमेर समुहका एक सय २५ जना योग खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल योग खेलकुद संघका कार्यालय सचिव परशुराम आचार्यले जानकारी दिए । उनले योगका क्षेत्रमा विशेष योगदान पुर्याउने ९ जनालाई सम्मान गर्ने समेत वताए । प्रतियोगितामा १२ वर्ष उमेर देखि १४ वर्ष उमेर समुह , १३ वर्ष देखि १८ वर्ष उमेर समुह १९ वर्ष देखि ३५ वर्ष उमेर समुहका योग खेलाडीहरु विचमा समुह वनाएर एकल  प्रतिस्पर्धा गराइने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

   इटहरीको चिया चौतारीमा भएको पत्रकार सम्मेलनमा प्रत्येक विद्यामा प्रथम , द्धितिय र तृतिय हुने खेलाडीहरुलाई नगद क्रमश ३ हजार २हजार र १ हजार सहित प्रमाण पत्र प्रदान गरिने छ । त्यसै गरी प्रतियोगितामै मिस्टर योगी र मिस योगिनी समेत छनौट गरिने छ । मिस्टर र मिस योगी उपाधी प्राप्त गर्न सक्ने खेलाडीलाई नगद पाँच हजार सहित प्रमाण पत्र प्रदान गरिने छ । खेलकुदको छनौट प्रकृयाका  विषयमा प्राकृतिक चिकित्सा विशेषज्ञ डा. संग्राम पुरीले जानकारी दिएका थिए । नेपाल योग खेलकुद संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कैलाश विष्टले कोशी प्रदेशको इटहरीमा आयोजना हुने प्रतियोगिताका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।

 पछिल्लो समयमा योगलाई समेत खेलकुदको विद्यामा समावेश गरेर प्रतिस्पर्धा गराउन थालिएको छ ।