ओखलढुंगामा बिहीबार राति खसेको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको हो । सोही घरका १० वर्षीय दिनेश गुरुङ भने बेपत्ता छन् । प्रहरीका अनुसार घरमा  बसिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । 

पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए ।

बेपत्ता  १० वर्षीय बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।