गोरखाको मनकामनामा शुक्रबार बिहान जन्ति बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आफू भर्खर घटनास्थल पुगेको र सडकबाट करिब दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको , मृतक तथा घाइतेहरुको पहिचान नखुलिसकेको  डिएसपी लीलाराज लामिछानेले जानकारी दिए।