बागलुङमा आज(बुधवार) जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु , मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप ठूलढुंगामा ,काठेखोला गाउँपालिका ५ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका१० र बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो, दुर्घटनाको कारण खुलिसकेको छैन,’ उनले भने । जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो ।