जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र  आफन्त जयादेवी सिंहको मृत्यु भएको हो । पाँच जना सवार गाडी कालङगा नदीको किनारमा खसेर दुर्घटनाग्रस्त भएको हो। प्रहरीले तत्काल उद्धारगरी घाइतेलाई उपचारका स्थानीय रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा पुर्‍याएका थिए । उपचारका क्रममा दुबैको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरीले बताए । उनका अनुसार मन्त्री पृथ्वी बहादुर सिंह, सवारी चालक धर्मराज जोशी र सुरक्षाअंग प्रहरी हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लािग बाँकेस्थित नेपालगंज मेडिकल कलेजमा लगिएको छ ।