रास्वपाका सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले वर्षातका कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरु संसदमा बेखवर रहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । वर्षातका कारण पूर्वी पहाडी जिल्लाहरुमा विपदमा परी उपचार नपाएर नागरिकहरुको ज्यान गईरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै आपत्ति जनाउनु भयो ।

सांसद झाले बाढी र पहिरोका कारण नागरिकहरुमा मरिन्छ कि भन्ने डर बढदै गईरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोप समेत लगाउनु भयो ।सांसद झाले आफूहरुले विपद व्यवस्थापनका बारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसको बारेमा संसदलाई जानकारी गराउन ढिलाई गर्न नहुने बताउनु भयो ।