ताप्लेजुङमा पहिरोमा परी बाबुछोराको मृत्यु



ताप्लेजुङमा शनिवार राति लगातार परेको पानीसंगै झरेको पहिरोमा परी बेपत्ता केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ।

पहिरोले बगाई बेपत्ता भएका केशरबहादुरको उनको घर रहेको स्थान भन्दा करिव ५० मिटर तल मृत भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको मृत्यु भएको बताइएको छ ।उद्धार गरिएका राजकुमार राईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यसअघि पहिरोबाट बेपत्ता भगिमाँया बुढाक्षेत्री , उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ववल बुढाक्षेत्री बेपत्ता नै छन्। पहिरोमा परी बेपत्ता भएका मध्ये गणेश तामाङको शव फेला परिसकेको छ ।