नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका सांसद  रायमाझीको पद तत्काल निलम्बन हुने भएको छ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै टोपबहादुर रायमाझी सांसदबाट निलम्बित भएका हुन्।

प्रतिनिधि सभा नियमावलीमा कुनै न्यायिक हिरासतमा रहेमा सांसद पद निलम्बन हुने प्रावधान छ। सभामुखले रायमाझी निलम्बनमा परेको सूचना संसदलाई सुनाएसँगै उनी औपचारिक रूपमा निलम्बनमा पर्ने छन्।

मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन्। रायमाझीले निलम्बनमा परेको अवधि सेवा, सुविधा पाउने छैनन्दा ।अदालतबाट यो मुद्दा किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै कार्य गर्न पाउने छैनन्।