दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत हिन्दी फिल्म आदिपुरूष मा  सीता(जानकी) भारतीय हुन् भन्ने शब्द राखिएको भन्दै विवाद उत्पन्न भएको हो।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त संवाद भारतबाट पनि नहटेसम्म फिल्म प्रदर्शनमा रोक लगाउने बताएका छन्।

सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले भने विवादित संवाद हटाउँदै सेन्सर पास गरेको जानकारी दिएका छन्।

हामीले फिल्मको विवादित शब्द हटाएर सेन्सर पास गरिसकेका छौं उनले भने, भारतमा पनि उक्त संवाद हटाएपछि मात्र फिल्म चल्न दिने भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन।

उनले अगाडि भने, हाम्रो काम विवादित शब्द हटाएर सेन्सर पास गर्ने हो। भोलिदेखि फिल्म प्रदर्शन गर्न हामीले अनुमति दिएका छौं।हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म आदिपुरूष लाई ओम राउतले निर्देशन गरेका हुन् भने यो तमिल, मलयालम, कन्नड लगायत अन्य भाषामा समेत प्रदर्शन हुने भएको छ।

यो फिल्म रामायणमा आधारित भएर निर्माण गरिएको हो ।