काठमाडौं । पछिल्लो केही समययता देशका धेरै स्थानमा तापक्रम बढेको छ । केही भू–भागमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । तराईका भू–भागमा तातो हावा चलिरहेकाले यसबाट बच्न सतर्क रहन स्थानीय तहहरूले आग्रह गरहेका छन् । अझै केही दिन तापक्रम उच्च रहने मौसमविद्हरूले बताएका छन् । 

अझै केही दिन विद्यमान मौसमी प्रणालीमा फेरबदल नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी वायु कमजोर हुँदा बदली र वर्षा हुन सकेको छैन । जसका कारण गर्मी बढेको छ । 

सामान्यतः नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ । तर, यो वर्ष केही ढिलो हुन सक्ने मौसमविद् रोजन लामिछाने बताउँछन् । उनका अनुसार भारतको केरलासम्म मनसुन आइसकेको छ । केरला आइपुगेको मनसुन सर्दै नेपाल आउने हो ।

“केरलाबाट मनसुन नेपाल आइपुग्ने औसत समय १० देखि १२ दिन हो । तर, यो औसत समय हो । सधैँ १० देखि १२ दिनमै केरलाबाट मनसुन नेपाल आइपुग्छ भन्ने हुँदैन,”

यो भन्दा केही छिटो पनि हुनसक्छ भने ढिलो पनि हुन्छ । कहिले काहीँ १८–२० दिन पनि लाग्न सक्छ ।” 

काठमाडौं । पछिल्लो केही समययता देशका धेरै स्थानमा तापक्रम बढेको छ । केही भू–भागमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । तराईका भू–भागमा तातो हावा चलिरहेकाले यसबाट बच्न सतर्क रहन स्थानीय तहहरूले आग्रह गरहेका छन् । अझै केही दिन तापक्रम उच्च रहने मौसमविद्हरूले बताएका छन् । 

अझै केही दिन विद्यमान मौसमी प्रणालीमा फेरबदल नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी वायु कमजोर हुँदा बदली र वर्षा हुन सकेको छैन । जसका कारण गर्मी बढेको छ । 

सामान्यतः नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ । तर, यो वर्ष केही ढिलो हुन सक्ने मौसमविद् रोजन लामिछाने बताउँछन् । उनका अनुसार भारतको केरलासम्म मनसुन आइसकेको छ । केरला आइपुगेको मनसुन सर्दै नेपाल आउने हो ।

“केरलाबाट मनसुन नेपाल आइपुग्ने औसत समय १० देखि १२ दिन हो । तर, यो औसत समय हो । सधैँ १० देखि १२ दिनमै केरलाबाट मनसुन नेपाल आइपुग्छ भन्ने हुँदैन,” रोजन बाह्रखरीसँग भन्छन्, “यो भन्दा केही छिटो पनि हुनसक्छ भने ढिलो पनि हुन्छ । कहिले काहीँ १८–२० दिन पनि लाग्न सक्छ ।” 

औसत समयमा मनसुन आउने हो भने अब चार दिन मात्रै बाँकी छ । तर, केरलासम्म आएको मनसुन औसत समयमा आइपुग्ने हो भने यो वर्ष ढिलो मनसुन नेपाल भित्रिनेछ । केरलाबाट औसत समयमै मनसुन आइपुग्यो भने करिब एक हप्ता ढिलो हुनेछ । जुन १९ को सेरोफेरोमा मात्रै मनसुन नेपाल भित्रिनेछ । 

तर, यकिन गरेर यही दिन नै मनसुन भित्रिन्छ भनेर भन्न नसकिने भएकाले मिति तोकेर मनसुन भित्रिने दिन खुलाउन नसकिने मौसमविद् रोजन बताउँछन् । 

नेपालबाट औसतमा अक्टोबर २ मा मनसुन बाहिरिन्छ । तर, यो पनि औसत समय मात्रै हो । योभन्दा केही अगाडि वा पछाडि मनसुन बाहिरिन पनि सक्छ । 

विभागका अनुसार यो वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ । 

न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्य–पश्चिमी भू–भाग, गण्डकी प्रदेशका मध्य भू–भाग, लुम्बिनी प्रदेशका मध्य–दक्षिणी भू–भाग, वाग्मती प्रदेशका मध्य–पूर्वी भू–भाग र मधेस प्रदेशका पश्चिमी तथा मध्य भू–भागमा न्यूनतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ रहेको छ ।

यस वर्षको जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ । यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ छ । 

“सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू–भाग र कोसी प्रदेशका दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ,” विभागले भनेको छ, “वाग्मती, मधेस र कोसी प्रदेश तथा अन्य प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।