नेपाली राष्ट्रिय पुरुष भलिबल टिम किर्गिस्तानको राजधानी बिस्केकमा हुने काभा नेसन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न  प्रस्थान गरेको छ।

टिमलाई बिहीबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खादा र राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामन दिई बिदाई गरेका थिए।

प्रतिस्पर्धामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिता विस्केकमा जुन १८ देखि २५ सम्म चल्नेछ।