विराटनगर ।  काेशी प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएकाे आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि ३६ अर्ब २४ कराेड ३५ लाख १० हजारकाे बजेट सार्वजनिक गरेकाे छ ।

जसमा चालूतर्फ १४ अर्ब ३९ कराेड ६२ लाख ६६ हजार र पूजीगततर्फ १८ अर्ब २३ कराेड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ कराेड र स्थानीत तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० कराेड २९ लाख ९२ हजार रहेकाे छ ।

स्रोत तर्फ राजस्व ४ अरेब ५७ कराेड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ कराेड ८१ लाख, वित्झसमानीकरण अनुदानबाट ८ अर्ब ७८ कराेड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ कराेड ३२ लाख, समपुरक अनुदान ७३ कराेड, विशेष अनुदान ७६ कराेड र बाँकि अपुग रकममा वचतबाट ३ अर्ब ७५ कराेड १ लाख र वैदेशिक अनुदानबाट १५ कराेड ४ लाख ६० हजार रहेकाे छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेकमे बजेटमा कृषि क्षेत्रमा २ अर्ब ७ कराेड बजेट विनियाेजन गरेकाे छ ।

सरकारले उद्योग क्षेत्रमा ४३ कराेड २३ लाख बजेट विनियाेजन भएकाे छ । यस्तै सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ कराेड विनियाेजन भएकाे छ । खानेपानी, सिंचाई तथा उर्जा क्षेत्रकाेलागि ५ अर्ब ४३ कराेड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ कराेड विनियाेजन भएकाे छ । यस्तै शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ कराेड बजेट छुट्टयाइएको छ । वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ कराेड, सुशासनतर्फ ९७ कराेड बजेट विनियाेजन भएकाे छ । काेशी प्रदेशसभा सदस्य पूर्वाधारका लागि १ अर्ब ५० कराेड बजेट विनियाेजन । चालू धजेट ८५ प्रतिशत खर्च हुने अनुमान काेशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेकाे छ ।

आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्ताे अनुमान गरेका हुन् । चालू आर्थिक वर्षमा ८५% बजेट खर्च हुने अनुमान गरिएकाे छ भने ३९ अर्ब ७३ कराेड बजेटकाे यथार्थ प्राप्ति भने ३३ अर्ब ७ कराेड हुने अनुमान गरिएकाे छ । विपक्षी दलहरू अनुपस्थित बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका छन् । उनीहरूले अल्पमतमा परेकाे सरकारले विश्वासको मत लिनुकाेसाटाे संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएकाे भन्दै बहिष्कार गरेका हुन् ।

काेशी प्रदेश आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे जिम्मेवारी समेत लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका हुन् । आर्थिक मामिला मन्त्रालयमा आयाेजित बजेट सार्वजनिक कार्यक्रममा सरकारका मन्त्रीहरू, एमाले र राप्रपाका सांसद तथा नेता, विभित्र मन्त्रालयका सचिवहरू, उच्चपदस्थ कर्मचारी, उद्योगी, संचारकर्मी लगायतकाे उपस्थिति रहेकाे छ । प्रदेश सरकारले बुधबार प्रदेशसभामा सरकारकाे तर्फबाट आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम माथि छलफल नै नगरी संसदकाे बजेट अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेशमार्फत बजेट ल्याएकाे हाे ।