इटहरी । दक्ष व्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुवाट प्रशिक्षण सुरु गरिएको छ ।

   भारतको बि ट्वान्टीवान व्याडमिन्टन ट्रेनिङ  ऐकेडेमीसंग सुनसरी व्याडमिन्टन ऐकेडेमीले सहकार्य गरेर प्रशिक्षण सुरु गरिएको हो ।

   इटहरी रंगशालामा दुई वर्षे व्याडमिन्टन प्रशिक्षणको एक कार्यक्रमका विच कोशी प्रदेशको खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वाग्लेले उद्घाटन गरेका हुन ।

     इटहरी तथा आसपासका क्षेत्रका खेलाडीहरुलाई थप दक्षता प्रदान गर्ने साथै नयाँलाई समेत प्रशिक्षण दिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी तयार पार्ने लक्ष्य सहित प्रशिक्षण सुरु गरिएको सुनसरी व्याडमिन्टन ऐकेडेमीका अध्यक्ष सुरेश कार्कीले वताए । उनले बि ट्वान्टीवान व्याडमिन्टन ट्रेनिङ  ऐकेडेमीसंग पहिलो चरणमा दुई वर्ष सम्म प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको र आगामी दिनमा समेत निरन्तरता दिने समेत जानकारी गराए ।WhatsApp Image 2023-06-15 at 18.11.11

कोशी प्रदेशका व्याडमिन्टन खेलमा रुचि राख्नेहरुलाई प्रशिक्षण गराउने गरि सञ्चालनमा ल्याइएको प्रशिक्षणका प्रशिक्षक तथा बि ट्वान्टीवान व्याडमिन्टन ट्रेनिङ  ऐकेडेमीका सञ्चालक विकास शुल्लाले राम्रा खेलाडी तयार पार्ने काममा प्रशिक्षण केन्द्रित हुने जानकारी गराए ।  

प्रशिक्षण उदघाटन कार्यक्रमका प्रमुख अतिथी  वाग्लेले अन्य खेल जस्तै ब्याडमिन्टन पनि बच्चा देखि युवा हुदे बृद्धहरू माझ  लोकप्रिय रहेको भएपनि खेलको अपेक्षा अनुसार प्रवद्धन हुन नसकिरहेको गुनासो गरे । 

कार्यक्रममा ब्याडमिन्टनका अन्तराष्टिय रेफ्री तथा बि ट्वान्टीवान व्याडमिन्टन ट्रेनिङ  ऐकेडेमीका नेपाल डारेक्टर उदय अर्याल , नेपाल खेलकुद महासंघ केन्द्रिय सचिव सन्तोस वान्तवा , जिल्ला ब्याडमिन्टन संघ सुनसरीका अध्यक्ष प्रतिक श्रेष्ठ , सशस्त्र प्रहरी वल खेलकुद महाशाखा प्रमुख प्रहरी उपरिक्षक सुधिर सुबेदी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।