विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मङ्गलवार बिहान माओवादी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवो सहित बसेको बैठकले सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह इन्चार्ज सावित्री कुमार काफ्लेले बताए । काफ्लेकै घरमा बैठक बसेको थियो ।

बैठकले आफ्ना मन्त्रीहरूलाई राजीनामा बुझाउन समेत निर्देशन दिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको छ ।