सरकारी छाप कीर्ते गरी अवैध असुलीको आरोपमा प्रहरीले सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय सवारी बाट कर्मचारीसहित २२ जना बिचौलीयालाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरूले कार्यालयसमेत राखेर सरकारी फाइल, बिलबुक, रबर स्ट्याम्प, वडाध्यक्षका कीर्ते छापलगायतका सरकारी कागजात दुरुपयोग गरेको प्रहरीको आरोप छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधवप्रसाद काफ्लेले पक्राउ परेका माथि अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो  । यातायात कार्यालय परिसरमा बिमा कम्पनी, ड्राइभिङ सेन्टर, चियाखाजा पसलको नाममा समेत दलाली हुने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।