लामो समय देखी कार्यपालिका सदस्य तथा नगर प्रमुख बिचको टकराबले बस्न नसकेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आइताबार बसेको छ । 

शुक्रबार नगर प्रमुख हर्कराज राई,  उप प्रमुख आइन्द्रविक्रम बेघा तथा वडाध्यक्षहरू बिच विवाद अन्तका लागी उपमहानगरको कार्यपालिका बैठक कक्षमा छलफल भएको थियो छलफलमा कार्यपालिका  सदस्यले राख्दै आएको ५ बुँदे माग नगरप्रमुखले सम्बोधन गर्ने भएपछि आजको बैठक बस्ने सहमति भएको थियो । सोही छलफल पछि आज दुई बजे नगर प्रमुख राईले बैठक डाकेका थिए । 

नगरप्रमुखले डाकेको आजको बैठकमा कार्यपालिका सदस्यहरू उपस्थित भएपछि बैठक सुचारु भएको छ । आजको बैठकमा  कार्यपालिका सदस्यको माग नगरप्रमुखले सम्बोधन गर्ने शुक्रबार भएको छलफलमा सहमति भएको थियो ।  nआजको  बैठकमा  नगरप्रमुख, उपप्रमुख  र सम्पूर्ण वडा अध्यक्षहरूको उपस्थिति रहेको उपप्रमुख बेघाले सामाजिक सञ्जालमा तस्बिर कार्यपालिकाको सार्वजनिक गर्दै पुष्टि गरेका छन् ।